काठमाडौँ- शिक्षा सुधारका विभिन्न माग राख्दै अखिल क्रान्तिकारीको पवन कार्की समूहले बाबुराम भट्टराई नेतृत्व समाजवादी विद्यार्थी युनियनसँग मिलेर आन्दोलन गर्ने भएको छ।
३ बुँदे माग राख्दै क्रान्तिकारीले आन्दोलनको घोषणा गरेको हो।
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, तत्काल शिक्षा ऐन सार्वजनिक गर्नुपर्ने, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने मागसहित दुई संगठन आन्दोलित हुने भएका छन्।
असार २६ मा देशभर हस्ताक्षर अभियान चलाउने, असार २७ मा शान्तिपूर्ण आन्दोलन गर्ने र असार ३१ मा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने तय भएको छ।

प्रकाशित: २५ असार २०८० १५:१७ | Monday, July 10, 2023
प्रतिक्रिया





Good initiation.