कहाँ हराए सशस्त्र प्रहरीका दुई सहायक हवलदारसहित सात जवान?

हिमाल प्रेस २५ असार २०८० १५:५६ | Monday, July 10, 2023
कहाँ हराए सशस्त्र प्रहरीका दुई सहायक हवलदारसहित सात जवान?

काठमाडौँ- प्रधान कार्यालयलाई जानकारी नै नदिई सशस्त्र प्रहरी बलका सात कर्मचारी सम्पर्कबिहीन भएका छन्। तीन महिनादेखि कार्यालयको सम्पर्कमा नआउनेमा दुई सहायक हवलदार र पाँच जना जवान छन्। उनीहरूलाई सात दिनभित्र कार्यालयमा सम्पर्कमा आउन भनिएको छ।

सात दिनभित्र पनि सम्पर्कमा नआए जागिरबाट हटाउने चेतावनी सशस्त्र प्रहरी बल प्रधान कार्यालयले दिएको छ।

तीन महिनादेखि कार्यालयको सम्पर्कमा नरहेकाहरूमा सशस्त्र प्रहरी बल २९ नम्बर गणका सहायक प्रहरी हवलदार प्रतीक विक र ९ नम्बर गण पशुपतिनाथ बाहिनी मुख्यालयका सहायक हवलदार बिराज घिमिरे छन्। त्यस्तै सम्पर्कमा नभएका जवानहरूमा ३ नम्बर गणका लक्ष्मण लिम्बु, २७ नम्बर गणका कपिल खत्री, २१ नम्बर गणका पूर्ण बहादुर तामाङ, १७ नम्बर गणका केशर बहादुर बिष्ट, ४९ नम्बर गुल्मका नर साउद छन्।

सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काका अनुसार कार्यालयको सम्पर्कमा नभएकाहरूलाई खोजतलास गर्दा पनि नभेटिए पत्रिकामा सूचना निकाल्ने गरिएको छ।  ‘सामान्यत: १५ दिनसम्म लगातार कार्यालयमा उपस्थित नभए, सम्पर्कमा नआए खोजतलास गर्ने, परिवारसँग सम्पर्क गर्ने गरिन्छ,’ उनले हिमालप्रेससँग भने, ‘केही गर्दा पनि सम्पर्कमा नआए पत्रिकामा सूचना निकालिन्छ। अहिले त्यही गरिएको हो।’ पत्रिकामा सूचना निकालेपछि पनि स्पष्टीकरणसहित कार्यालयमा उपस्थित नभए जागिरबाट नै हटाउने प्रक्रिया सुरु हुने उनको भनाइ छ।

प्रकाशित: २५ असार २०८० १५:५६ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast