‘भीआईपी’को स्वदेशमै उपचार गर्न सरकारसमक्ष युवा संघको माग

हिमाल प्रेस २५ असार २०८० १४:४५ | Monday, July 10, 2023
‘भीआईपी’को स्वदेशमै उपचार गर्न सरकारसमक्ष युवा संघको माग

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारी ढुकुटीबाट गराइएको भन्दै युवा संघ नेपालले ध्यानाकर्षण बुझाएको छ।

आज स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै युवा संघले उच्च पदस्थ व्यक्तिहरूको उपचार स्वदेशमै गर्न अनुरोध गर्दै ध्यानाकर्षण बुझाएको हो।

युवा संघले भीभीआईपी र भीआईपी बिरामीहरूको नेपालमै सम्भव हुने उपचार विदेशमा गराएबापत राज्यले खर्च गर्ने परम्परा अन्त्य गर्न माग गरेको छ।

यस्तै हरेक स्थानीय तहको स्वास्थ्य चौकीमा एकजना एमबीबीएस डाक्टर दरबन्दीको व्यवस्था अनिवार्य कार्यान्वयन गर्न पनि माग गरिएको छ।

एक स्थानीय तह एक अस्पताल निर्माणको काममा ढिलासुस्ती भएकाले तत्काल निर्माणको काम सुचारु गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ।

प्रकाशित: २५ असार २०८० १४:४५ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast