काठमाडौँ- गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा डलर सञ्चिति १८.५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म ११ अर्ब ३० करोड अमेरिकी डलर सञ्चिति छ। गत वर्षको असार मसान्तमा ९ अर्ब ५४ करोड डलर सञ्चिति थियो।
२०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०७९/८० को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित: २५ असार २०८० १३:४४
प्रतिक्रिया