काठमाडौँ- चार दल आबद्ध समाजवादी केन्द्रको पहिलो बैठक आलोकनगरमा सुरु भएको छ। एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो।
बैठकमा केन्द्रको संयोजक को बन्ने भन्ने विषयमा छलफल हुने कार्यसूची छ।
४ असारमा समाजवादी घोषित केन्द्रमा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन्।
केन्द्रको प्रमुख कार्यक्रम ‘नेपाली समाजवादको आधार तयार पार्ने’ बताइएको छ। सत्ताधारी गठबन्धनमा रहेका तीन दल र संसदीय प्रणाली नमान्ने भनेर बाहिर निस्किएको नेकपा कम्युनिस्ट पार्टी नेकपा मिलेर समाजवादी केन्द्र घोषणा भएको हो।
प्रकाशित: २३ असार २०८० १६:२५ | Saturday, July 8, 2023
प्रतिक्रिया




