प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झन् गम्भीर बनायो : लिङदेन

हिमाल प्रेस २२ असार २०८० २१:४५
4
SHARES
प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झन् गम्भीर बनायो : लिङदेन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताएका छन्। प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहन सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भीर बनाएको उनले बताएका हुन्।

शुक्रबार काठमाडौँमा आयोजित ‘नेपालको भू–राजनीति तथा सामरिक चुनौतीहरू’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालले अघिल्लोपटक प्रधानमन्त्री बन्दा पनि छिमेकीका लागि ‘कम्फर्टेबल’ सरकार बनाउनुपर्ने धारणा राखेर विदेशीलाई खुसी बनाउन खोजेको आरोप लगाए।

नेताहरूले विदेशीको सेवा गरेर मात्रै सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोदशाका कारण मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो भन्दै गएको उनको भनाइ थियो।

प्रकाशित: २२ असार २०८० २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast