काठमाडौँ- आइएमई पे एपबाट ‘नेपाल पे’को क्यूआरमा स्क्यान गर्न मिल्ने भएको छ।
सेवाग्राहीले अब नेपाल पेको क्यूआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्नेछन्।
नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो।
नेपालमा क्यूआर स्क्यानमार्फत भुक्तानी बढ्दै गएको अवस्थामा आइएमई पे र नेपाल पेको आबद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास लिइएको छ।
                            प्रकाशित: २२ असार  २०८० १७:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

