काठमाडौँ– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन्।
शपथ ग्रहणपछि आज नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने थापाले बताएका छन्।
थापा सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका हुन्।
नयाँ बन्ने मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीबाट कमल जबेगुले पनि मन्त्री बन्ने भएका छन्।
माओवादी केन्द्रबाट भने मन्त्री बनाउने व्यक्ति टुंगो लागेको छैन।
प्रकाशित: २२ असार २०८० १०:०० | Friday, July 7, 2023
प्रतिक्रिया




