एमालेले भन्यो : कोशीमा सभामुखको संख्या जोडेर मुख्यमन्त्री दाबी गर्न मिल्दैन

हिमाल प्रेस २१ असार २०८० १५:४१
4
SHARES
एमालेले भन्यो : कोशीमा सभामुखको संख्या जोडेर मुख्यमन्त्री दाबी गर्न मिल्दैन

काठमाडौँ- नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख समेतको संख्या देखाएर पेस हुने दाबीलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका छन्।

एमाले संसदीय दलको तर्फबाट प्रदेश प्रमुखलाई लिखित र मौखिक रूपमा सभामुखलाई सरकार गठन प्रक्रियामा समावेश नगर्न आग्रह गर्ने तयारी भएको सो दलले जनाएको छ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘सभामुखलाई सरकार गठनको अंकगणितमा समावेश गर्न मिल्दैन भन्नेमा हामी प्रष्ट छौँ र यो विषय प्रदेश प्रमुखलाई लिखित र मौखिक दुवै ढंगले आज आग्रह गर्दैछौं ।’

 

प्रकाशित: २१ असार २०८० १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast