
काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरदार प्रितम सिंहले बनाएको प्रधानमन्त्रीको संज्ञा दिएका छन्।
आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि उनले बुधबार सामाजिक सञ्जालमार्फत प्रचण्डलाई प्रितम सिंहले बनाएका प्रधानमन्त्रीको संज्ञा दिएका हुन्।
उनले भनेका छन्, ‘सधैँभरि आफूले काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने कलाका च्याम्पियन पुष्पकमल दाहालजीले यसपालि बियाँ पनि आफ्नै गालामा टाँसिएको पत्तो पाउनु भएन । यो विषय अब यहीँ सकिनु हुन्न, बरु विषय यहाँबाटै सुरु हुनुपर्छ । हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ?’
उनले यसपालि तपाईंलाई प्रधानमन्त्री कसले बनायो रु भन्दै प्रश्न गरे । उनले भनेका छन्, ‘हामीलाई विश्वास छ, संसद्ले हाम्रो प्रतिनिधित्व गर्छ। त्यसैले दाहालजीसँग आज कम्तीमा पनि संसद्ले जवाफ माग्नै पर्छ-उहाँलाई प्रधानमन्त्री कसले बनायो ? ‘प्रितम सिंह’ थिएनन्, यसपालि कसले दिल्लीमा ओहोरदोहोर गर्यो?’