वडाध्यक्ष नै कुटपिटमा उत्रिएपछि…

हिमाल प्रेस १९ असार २०८० १३:१८
4
SHARES
वडाध्यक्ष नै कुटपिटमा उत्रिएपछि…

पोखरा- कास्कीमा एक वडाध्यक्षको ज्यादतीविरुद्ध वडा कार्यालयमै तालाबन्दी गरिएको छ। माछापुच्छ्रे गाउँपालिका वडा ८ का अध्यक्ष रामबहादुर गुरुङले खोरामुख उपल्लो इदिखोला मोटरबाटो उपभोक्ता समिति अध्यक्ष अमृत भण्डारीमाथि आक्रमण गरेको विरोधमा एमाले वडा कमिटीले तालाबन्दी गरिदिएको हो।

राज्यसत्ताको आडमा प्रशासनले समेत पीडित अमृत भण्डारीको जाहेरी लिन नमानेको र वडाध्यक्षले पटकपटक यस्ता हर्कत दोहोर्‍याएकोले कारबाहीको माग गर्दै एमाले वडा ७ र ८ कमिटीले मंगलबार कार्यालयमा तालाबन्दी गरेका छन्।

वडाध्यक्ष गुरुङले आइतबार दिउँसो गण्डकी प्रदेश सरकार पूर्वाधार विकास कार्यालय कास्कीबाट कार्यान्वयनमा रहेको खोरामुख उपल्लो इदिखोला मोटर बाटो उपभोक्ता समिति अध्यक्ष भण्डारीमाथि अपशब्द बोल्दै कुटपिट गरेको दाबी गरिएको छ।

तिनै वडाध्यक्षले गत वर्षको फागुनमा पनि वडा कार्यालयमा कार्यरत इन्जिनियर लक्ष्मण जीसीलाई पनि कुटपिट गरेका थिए। जीसीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि वडाध्यक्षले आइन्दा यस्ता क्रियाकलाप नदोहोर्‍याउने भनी माफी मागेका थिए। इन्जिनियर जीसीले सुरक्षाको माग गर्दै सरुवा मागेपछि उनी माछापुच्छ्रे गाउँपालिका वडा ६ लुम्रेमा सरुवा भएका थिए।

वडाध्यक्ष गुरुङले आफूले कुटपिट नगरेको मात्र सम्झाएको दाबी गरेका छन्।

प्रकाशित: १९ असार २०८० १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast