कोशी प्रदेशको नामकरणबाट हामी पछि हट्दैन : ओली

हिमाल प्रेस १७ असार २०८० २१:४४ | Sunday, July 2, 2023
कोशी प्रदेशको नामकरणबाट हामी पछि हट्दैन : ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताएका छन्।

संघीय संसद् भवनमा आज (आइतबार) पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरू दल भागे पनि आफ्नो दल नभाग्ने बताएका हुन्।

‘हामी कोशी प्रदेशमा ४० को संख्यामा रहेका छौँ। ८२ प्रदेशसभा सदस्यले पास गरेर नामकरण गरिएको हो,’ उनले भने, ‘हामी नामकरणबाट भाग्दैनौँ ।’

गत फागुनमा प्रदेश नं १ को नाम कोशी राखिएको थियो।

प्रकाशित: १७ असार २०८० २१:४४ | Sunday, July 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast