राजेन्द्र राईलाई एमालेमा फर्कन मुख्यमन्त्री कार्कीको आग्रह

हिमाल प्रेस १५ असार २०८० १२:३५ | Friday, June 30, 2023
राजेन्द्र राईलाई एमालेमा फर्कन मुख्यमन्त्री कार्कीको आग्रह हिक्मत कार्की। फाइल तस्बिर।

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री एवम् एमाले नेता हिक्मतकुमार कार्कीले नेकपा एकीकृत समाजवादीका नेता एवम् सांसद राजेन्द्र राईलाई एमालेमा फर्कन आग्रह गरेका छन्। प्रदेशसभा बैठकमा शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन्।

उनले विगतमा एमाले निर्माणमा राई लगायतका आफ्नो ठूलो योगदान रहेको स्मरण गरे। उनले भने, ‘राईजी आउनुस् हामीसँग अंकमाल गर्न, मिलेर नेकपा एमालेलाई अगाडि बढाऔँ।’ उनले एमालेमा आएमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए।

पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले बिहीबारको बैठकमा आफू सपनामा पनि एमालेमै रहेको अभिव्यक्ति दिएका थिए।

प्रकाशित: १५ असार २०८० १२:३५ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast