प्रदेशसभा बैठक स्थगित गर्न कोशीका सभामुखलाई मुख्यमन्त्रीकाे पत्र

हिमाल प्रेस १४ असार २०८० १९:४९ | Thursday, June 29, 2023
प्रदेशसभा बैठक स्थगित गर्न कोशीका सभामुखलाई मुख्यमन्त्रीकाे पत्र हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि (शुक्रबार) बिहान ८ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाएका छन्।

विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै दलमार्फत पत्र आएको सभामुख गौतमले बताए। संसद्‍मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री हिँडेका थिए।

मुख्यमन्त्री नआएपछि अधा घण्टाका लागि स्थगित गरेको बैठक हालसम्म पनि सुरु हुन सकेको छैन। बिहीबार (आज) प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए।

गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्र, जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको हो।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीका पक्षमा छन्। प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ गरी ४६ सांसद छन्। एक सांसदमात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरेको छ।

प्रकाशित: १४ असार २०८० १९:४९ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast