कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्‍वासको मत लिने, यस्तो छ अंकगणित

हिमाल प्रेस १४ असार २०८० ८:२१ | Thursday, June 29, 2023
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्‍वासको मत लिने, यस्तो छ अंकगणित हिक्मत कार्की। फाइल तस्बिर।

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार (आज) विश्वासको मत लिने भएका छन्। अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने तयारी छ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कार्कीले विश्वासको मत लिने भएका हुन्।

कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेकाले एमालेले नै सरकार बनाउन लागेको हो। एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत दिने निर्णय गरेको छ।

राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहन्छ। कोशी प्रदेशसभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ।

१ सांसद रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले विश्वासको मत दिएमा कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउँछ।

हाल कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको (सभामुखसहित) १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद छन्।

प्रकाशित: १४ असार २०८० ८:२१ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast