‘परस्त्री’ भोलिदेखि नै प्रदर्शन हुने

हिमाल प्रेस १३ असार २०८० १६:३५ | Wednesday, June 28, 2023
‘परस्त्री’ भोलिदेखि नै प्रदर्शन हुने

काठमाडौँ- असार १५ गते शुक्रबार प्रदर्शन गर्ने भनिएको फिल्म ‘परस्त्री’ भोलि (बिहीबार)बाटै नेपालमा प्रदर्शन हुने भएको छ। विशेष परिस्थितिले भोलिदेखि नै फिल्म प्रदर्शन गर्न लागिएको फिल्मका निर्देशक सुरज पाण्डेले फेसबुकमार्फत जानकारी गराएका छन्।

भोलिदेखि नै बलिउड फिल्म ‘सत्यप्रेम की कथा’ प्रदर्शन हुँदैछ। फिल्ममा कार्तिक आर्यन र कियारा आडवाणी मुख्य भूमिकामा छन्। बलिउड फिल्म बिहीबार नै रिलिज हुने भएपछि ‘परस्त्री’ टिमले पनि मिति सारेको बताइएको छ।

हिन्दी भाषामासमेत डबिङ गरिएको फिल्म नेपालमा नेपाली भाषामा मात्र प्रदर्शन हुने निर्माण टिमले बताएको छ। फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, गीता विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ।

फिल्म दीपेन्द्र के खनालको लेखन, सुरज पाण्डेको निर्देशन, दीर्घ खड्काको सम्पादन र नीरज कँडेलको छायांकनमा बनेको छ। फिल्मका निर्माता शर्मिला पाण्डे हुन्।

‘परस्त्री’को हिन्दी भर्सन नेपालमा प्रदर्शन नहुने

प्रकाशित: १३ असार २०८० १६:३५ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast