निजगढ विमानस्थल निर्माण यथाशीघ्र अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १३ असार २०८० १३:३६ | Wednesday, June 28, 2023
निजगढ विमानस्थल निर्माण यथाशीघ्र अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले बुधबार यस्तो प्रतिबद्धता जनाएका हुन्।

उनले भने, ‘निजगढ एयरपोर्टका बारेमा मैल धेरै पटक सम्मानित सदनमा राखेको छु। फास्ट ट्रयाक निर्माण कार्य अघि बढेको छ, त्यो ट्रयाक निजगढ एयरपोर्टसँग लिंक गरेर अघि बढाइएको हो। त्यसकारण निजगढ एयरपोर्टलाई यथाशीघ्र अगाडि बढाउन सरकार प्रतिबद्ध छ।’

प्रधानमन्त्री प्रचण्डले असारभित्रै नै बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास गर्ने आश्वासनसमेत दिएका छन्। असारभित्रै आयोजना अगाडि बढाउने गरी आयोजनास्थलमा कार्यालय स्थापना गर्ने र शिलान्यास गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले यसै महिनाभित्र बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउनका निम्ति कार्यालय उद्घाटन गर्ने र शिलान्यास प्रक्रिया पनि सम्पन्न गर्ने मैले सम्बन्धित अधिकारीलाई भनेको छु। यसै महिनाभित्र बूढीगण्डकी परियोजना अघि बढाउने नयाँ कार्यालयको उद्घाटन हुन्छ।’

प्रकाशित: १३ असार २०८० १३:३६ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast