वैदेशिक रोजगारीमा गएकाको समस्या समाधानका लागि हेल्प डेस्क बनाउन सांसद पौडेलको माग

हिमाल प्रेस १३ असार २०८० १२:१६ | Wednesday, June 28, 2023
वैदेशिक रोजगारीमा गएकाको समस्या समाधानका लागि हेल्प डेस्क बनाउन सांसद पौडेलको माग

काठमाडौँ– सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले वैदेशिक रोजगारीका गएकाको पीडा सम्बोधन गर्नका लागि सम्बन्धित मन्त्रालय र निकायमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

वैदेशिक रोजगारीमा गएकाहरूको शव ल्याउन सक्ने अवस्था समेत राज्यले गर्न नसकिरहेको भन्दै उनले उनीहरूलाई ट्रयाकिङ गरी आपत् परेका बेलामा सहयोग गर्नका लागि सम्बन्धित मन्त्रालय र दूतावासमा हेल्प डेस्कको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे।

प्रतिनिधिसभा बैठकमा बुधबार आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले वैदेशिक रोजगारीमा गएका नागरिकलाई विपद् पर्दा सरकार सहयोगी बन्न नसकेको बताए। पौडेलले भने, ‘विदेशमा रहेका नेपालीलाई पर्ने विपद्‌मा सरकार सहयोगी बन्न सकिरहेको छैन।’

सांसद पौडेल त्यसमा सहयोगी हुने गरी संयन्त्र निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। एयरपोर्टदेखि नै विदेशमा गएका नेपाली कामदारहरुको ट्रयाकिङ गर्न सके उनीहरूको पीडाको सुनुवाइ गर्न सहज हुने उनको भनाइ छ।

प्रकाशित: १३ असार २०८० १२:१६ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast