प्रतिनिधिसभा आजको बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस हुने

हिमाल प्रेस १३ असार २०८० ६:५३ | Wednesday, June 28, 2023
प्रतिनिधिसभा आजको बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस हुने फाइल तस्बिर।

काठमाडौँ– प्रतिनिधिसभा बैठक आज पनि बस्न कार्यसूची छ। संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने तयारी छ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।

बैठकको अन्तिममा अर्थमन्त्री डा. प्रकाश शरण महतले विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

साथै उनले आर्थिक विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव, आर्थिक विधेयक, २०८० माथि दफावार छलफलको लागि दिन तोकिने र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: १३ असार २०८० ६:५३ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast