‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ नबिल बैंकलाई

हिमाल प्रेस १२ असार २०८० १८:१४ | Tuesday, June 27, 2023
‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ नबिल बैंकलाई

काठमाडौँ- नबिल बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ पाएको छ। एन बैंकको सुरुवातका लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधाअन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो।

१० विधामा २ सयभन्दा बढी मनोनयन भएकोमा नबिल बैंक विजेताको रूपमा छनोटमा परेको बताइएको छ। डिजिटल बैंकिङ र नवीनतम सोचको उपजका रूपमा उक्त अवार्डलाई लिइएकाे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए।

अवार्डले आफ्ना ग्राहक, कर्मचारी, लगानीकर्ता र बृहत् समुदायका लागि दिगो, सरल र उत्तम बैंकिङ सेवा ल्याउनेमा थप ऊर्जा दिएको ढुंगानाले बताए। अवार्डले बैंकलाई नेपालको एक अगुवा बैंकको रूपमा पुष्टि गरेको सीईओ ढुंगानाको भनाइ छ।

अवार्डले थप सिर्जनशील डिजिटल सेवा दिने संकल्पमा अझ उत्साहित बनाएको बैंकको भनाइ छ। बैंकले हाल देशभरी २५५ शाखा र २८३ एटीएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: १२ असार २०८० १८:१४ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast