१६औँ योजनामा प्राकृतिक स्रोतको विवेकशील प्रयोग गर्छौँ : उपाध्यक्ष श्रेष्ठ

हिमाल प्रेस १२ असार २०८० १६:५९
6
SHARES
१६औँ योजनामा प्राकृतिक स्रोतको विवेकशील प्रयोग गर्छौँ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय योजना आयोजका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले १६औँ योजनामा वातावरण संरक्षणको ग्यारेन्टी गरी प्राकृतिक स्रोतको विवेकशील प्रयोगमा जोड दिने बताएका छन्।

मंगलबार राष्ट्रिय योजना आयोगमा पत्रकार सम्मेलन गर्दै उनले १६औँ योजनाका लागि सुझाव संकलन थालिएको पनि बताएका हुन्। उनले मुलुक धनी बन्न मुलुकभित्र भएका प्राकृतिक स्रोतहरूको प्रयोग गर्नुपर्ने भन्दै १६औँ योजनामा प्राकृतिक स्रोतको विवेकशील प्रयोगमा जोड दिने योजना रहेको सुनाए।

अहिलेसम्म मुलुकको जमिन, वनजंगल, ढुंगा, गिट्टी, बालुवा र पानीको उचित प्रयोग गर्न नसक्नु नेपालको कमजोरी रहेको उनको भनाइ थियो। नेपालले मुलुकभित्र भएका प्राकृतिक स्रोतको उचित लाभ लिन सक्नुपर्ने भन्दै भूटान, भारत तथा इटालीले त्यसको प्रयोग गरेको उदाहरण उनले दिए।

१६औँ योजनाको प्राकृतिक स्रोतहरूको विवेकशील प्रयोग गर्नेगरी र वातावरण नबिग्रने गरी लाभ लिनेगरी योजना बनाउने उनले बताए। उनले डिजिटल डेटाबेस र डिजिटल युगमा फड्को मार्ने किसिमले धेरै विषय समावेश गरिने पनि बताए।

योजना आयोगले योजना बैंक, आयोजना वर्गीकरणको योजना अघि बढाइरहेको पनि उनले जानकारी गराए। योजना बैंक, आयोजना वर्गीकरणको कार्यविधि स्वीकृत नभएकाले प्रभावकारी हुन नसकेको भन्दै आयोगले लामो समय अध्ययन अनुसन्धान गरेर कार्यविधि बनाएको पनि उनले बताए।

प्रकाशित: १२ असार २०८० १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =