घोराहीले ल्यायो २ अर्ब १५ करोडको बजेट

हिमाल प्रेस १० असार २०८० २०:४८
10
SHARES
घोराहीले ल्यायो २ अर्ब १५ करोडको बजेट

काठमाडौँ- घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ। आर्थिक स्रोतमाथि देखिएको संकुचनका कारण बजेटको आकार चालु आर्थिक वर्षभन्दा ७.४५ प्रतिशतले घटाएर विनियोजन गरिएको हो।

कुल बजेटमध्ये १ अर्ब २८ करोड ३ लाख ४० हजार अर्थात् ५९.४० प्रतिशत चालु खर्च र ८७ करोड ५१ लाख ४३ हजार अर्थात् ४०.६० प्रतिशत पुँजीगत खर्च सहितको बजेट उपप्रमुख हुमा डीसीले आज (आइतबार) नगरसभाको तेह्रौँ अधिवेशनमार्फत बजेट सार्वजनिक गरिन्।

कुल विनियोजित रकममध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ७६ करोड ५९ लाखमध्ये ५ करोड ३१ लाख अर्थात् ६.९३ प्रतिशत पुँजीगत खर्च र ७१ करोड २८ लाख अर्थात् ९३.०७ प्रतिशत चालु खर्च रहेको छ। त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान चार करोड ७८ लाख ५० हजारमध्ये ४ करोड ६४ लाख अर्थात् ९६.९७ प्रतिशत पुँजीगत खर्च र १४ लाख ५० हजार अर्थात् ३.०३ प्रतिशत चालु खर्च रहेको छ।

संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा रजिष्ट्रेसन, बैंक मौज्दात समेतबाट विनियोजन गरिएको बजेट १ अर्ब ३४ करोड १७ लाख ३३ हजारमध्ये ५६ करोड ६० लाख ९० हजार अर्थात् ४२.२० प्रतिशत चालु खर्च र ७७ करोड ५६ लाख ४३ हजार अर्थात् ५७.८० प्रतिशत पुँजीगत खर्च रहेको उनले जानकारी गराइन्।

घोराहीले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोडको बजेट ल्याएको थियो। यो पटक करिब १७ करोडले कमको बजेट ल्याएको हो। -रासस

प्रकाशित: १० असार २०८० २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =