प्रतिनिधिसभा आजको बैठकमा सांसदले राखेका प्रश्‍नको मन्त्रीले जवाफ दिने

हिमाल प्रेस १० असार २०८० ७:३० | Sunday, June 25, 2023
प्रतिनिधिसभा आजको बैठकमा सांसदले राखेका प्रश्‍नको मन्त्रीले जवाफ दिने फाइल तस्बिर।

काठमाडौँ– प्रतिनिधिसभाको बैठक आइतबार (आज) बस्दै छ। बिहान ११ बजेबाट संघीय संसद् भवन नयाँ वानेश्वरमा बैठक बस्न लागेको हो।

बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची रहेको छ।

गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

असार ८ गतेको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफल सकिएको छ।

प्रकाशित: १० असार २०८० ७:३० | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast