देशभर मनसुनी प्रभाव, बाढी पहिरोबाट सतर्क रहन महाशाखाको आग्रह

हिमाल प्रेस १० असार २०८० ६:२८ | Sunday, June 25, 2023
देशभर मनसुनी प्रभाव, बाढी पहिरोबाट सतर्क रहन महाशाखाको आग्रह फाइल तस्बिर

काठमाडौँ– आइतबार (आज) कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्यदेखि पूर्णतया बदली रहने छ।

देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान लुम्बिनी, कर्णाली गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यी पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राति भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा बाढी तथा पहिरोको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।

प्रकाशित: १० असार २०८० ६:२८ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast