२०८४ को चुनावमा रास्वपा पहिलो पार्टी बन्छ : लामिछाने

हिमाल प्रेस ९ असार २०८० १६:३१ | Saturday, June 24, 2023
२०८४ को चुनावमा रास्वपा पहिलो पार्टी बन्छ : लामिछाने फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ को चुनावमा आफ्नो पार्टी बन्ने दाबी गरेका छन्। उनले आगामी निर्वाचनमा रास्वपालाई पहिलो पार्टी बन्नबाट कसैले पनि रोक्न नसक्ने दाबी गरेका हुन्।

शनिबार काठमाडौँमा आयोजित पार्टीको धादिङ-काठमाडौँ सम्पर्क भेलामा उनले उक्त दाबी गरे। २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउन पार्टीका नेता तथा कार्यकर्ताले असल मानिसका लागि पद त्याग गर्न सक्नुपर्ने उनको भनाइ थियो। ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने तर्क उनको थियो।

सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने बताए। लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिनेगरी अघि बढ्न पनि सिंगो पार्टीपंक्तिलाई आग्रह गरे। लामिछानेले नयाँ पार्टी र व्यक्तिबीच फाटो ल्याउन ठूला दलले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने उनको भनाइ थियो।

प्रकाशित: ९ असार २०८० १६:३१ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast