लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोहीलाई सम्मान

हिमाल प्रेस ८ असार २०८० १६:५८ | Friday, June 23, 2023
लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ– लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान गरेको छ।

शुक्रबार बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा आयोजित कार्यक्रममा अध्यक्ष चिन्तामणि भट्टराईले शेर्पालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।

शेर्पाले २८ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्। यो सिजनमा सगरमाथा आरोहण गर्दा शेर्पाले लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर शिखरमा फहराएका थिए। शेर्पा लुम्बिनी विकास बैंकको ब्रान्ड एम्ब्यासडरसमेत हुन्।

प्रकाशित: ८ असार २०८० १६:५८ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast