ट्रेड युनियन कांग्रेसको अध्यक्षमा देउवानिकट कुँवर निर्वाचित

हिमाल प्रेस ७ असार २०८० १३:५५
12
SHARES
ट्रेड युनियन कांग्रेसको अध्यक्षमा देउवानिकट कुँवर निर्वाचित

काठमाडौँ- नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन्। आ‍ज बिहीबार दिउँसो सकिएको मतगणना अनुसार संस्थापन पक्षका कुँवर अध्यक्षमा निर्वाचित भएका हुन्।

संस्थापन पक्षका कुँवरले कांग्रेस नेता डा. शेखर कोइराला समूहका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरेका हुन्। अध्यक्षमा निर्वाचित कुँवरले ४४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३७६ मत पाए।

यस्तै, वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की निर्वाचित भएका छन्। उनले संस्थापन पक्षका अयोध्याप्रसाद यादवलाई पराजित गरे। कार्कीले ४६९ मत पाए भने निकटतम प्रतिद्वन्द्वी यादवले ३३६ मत पाए।

यसैगरी, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रविक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन्।

महासचिवमा भने अजय कुमार राई निर्वाचित भएका छन्। राईले संस्थापन पक्षका डीपी अर्याललाई पराजित गरे। महासचिवमा निर्वाचित राईले ४६४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अर्यालले ३३७ मत पाए।

यस्तै, कोषाध्यक्षमा सञ्जयकुमार दाहाल निर्वाचित भएका छन्। यसैगरी, यस्तै, खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ तथा महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन्।

सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडु, उत्पादन क्षेत्रतर्फको उपमहासचिवमा कुलबहादुर खड्का र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणी थापा अर्चना निर्वाचित भएका छन्। यस्तै, सह-कोषाध्यक्षमा रशामाया गुरुङ निर्वाचित भएकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast