नेपालमै रोजगारी पाइने वातावरण बनाउँछौं : रवि लामिछाने

हिमाल प्रेस ७ असार २०८० १२:२६ | Thursday, June 22, 2023
नेपालमै रोजगारी पाइने वातावरण बनाउँछौं : रवि लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका एजेन्डालाई जनतासम्म पुर्‍याउने अबको लक्ष्य भएको बताएका छन्।

पार्टी स्थापनाको १ वर्ष पुगेको अवसरमा बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘पार्टी स्थापनाादेखि उपनिर्वाचनसम्म आइपुग्दासम्म हामीले धेरै नै सफलता पाएका छौंजस्तो लाग्छ। पार्टीका एजेन्डा जनतासम्म पुर्‍याउने र उहाँहरूलाई हाम्रा कुरा सुनाउने अबको हाम्रो लक्ष्य छ र हाम्रो चुनौती पनि यहि नै हो,’ उनले भने, ‘अरू राजनीतिक दलका काम कारबाहीप्रति हामी त्यति चासो दिँदैनौं। जनतासमक्ष कसरी पुग्ने? जनताका समस्या समाधान गर्नु हाम्रो उद्देश्य हो।’

विदेशमा रहेका नेपालीले नेपालमा नै रोजगारी पाइन्छ भन्ने वातावरण बनाइने लामिछानेले दाबी गरे।

‘विदेशमा रहेका नेपालीलाई टिकट काटेरै त नेपाल फर्काउन नसकिएला तर उहाँहरूलाई नेपालमै रोजगारी पाइन्छ, नेपालमा बेरोजगार बस्नु पर्दैन भन्ने वातावरण बनाउँछौं,’ उनले भने।

प्रकाशित: ७ असार २०८० १२:२६ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast