काठमाडौँ- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ। मंगलबार आफ्नो गृह जिल्ला बझाङ जाने क्रममा गाडी दुर्घटनामा परेर मृत्यु भएका मन्त्री सिंहको निधनप्रति कांग्रेसले विज्ञप्तिमार्फत दु:ख व्यक्त गरेको हो। सिंह नेपाली कांग्रेस बझाङका पूर्वसभापति थिए।
प्रकाशित: ५ असार २०८० २१:१३
प्रतिक्रिया