काठमाडौँ- नबिल बैंकका ग्राहकले काठमाडौँको र्याडिसन होटलमा १० प्रतिशत छुट पाउने भएका छन्। ग्राहकलाई छुट दिन मंगलबार दुई पक्षबीच सम्झौता गरिएको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले र्याडिसन होटलमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउने छन्। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्याडिसन एयरपोर्ट लाउन्जको कुल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ।
प्रकाशित: ५ असार २०८० १८:१३ | Tuesday, June 20, 2023
प्रतिक्रिया



