२६.५६ अंकले घट्यो नेप्से, तीन कम्पनीमा भने सकारात्मक सर्किट

हिमाल प्रेस ५ असार २०८० १५:१८ | Tuesday, June 20, 2023
२६.५६ अंकले घट्यो नेप्से, तीन कम्पनीमा भने सकारात्मक सर्किट

काठमाडौँ– मंगलबार सेयर बजार परिसूचक (नेप्से) २६.५६ अंकले घटेको छ। सामान्य उतारचढावका बीच ओरालो लागेको परिसूचक २०६४.८३ बिन्दुमा झरेको छ।
आज कारोबार भएकामध्ये २८ कम्पनीका लगानीकर्ता फाइदामा गएका छन्। सिटी होटल लिमिटेड, बीपीडब्लू लघुवित्त र ईङ्वा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

मंगलबार १९३ कम्पनीको सेयर मूल्य घटेको छ। दुई कम्पनीको मूल्य भने स्थिर रह्यो।
आज कुल १ करोड ७ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबार रकमका हिसाबले मंगलबार निफ्रा शीर्ष नम्बरमा रह्यो। आज यसको २० करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। शिव्म सिमेन्टको १९ करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो।

प्रकाशित: ५ असार २०८० १५:१८ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast