हामी राम बेगर अपूर्ण छौँ, भारत सीता बेगर अपूर्ण छ : किराँती

हिमाल प्रेस ५ असार २०८० ९:२१
हामी राम बेगर अपूर्ण छौँ, भारत सीता बेगर अपूर्ण छ : किराँती अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित योग कार्यक्रम। तस्बिर : रासस

लुम्बिनी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताएका छन्। योग दिवसका अवसरमा लुम्बिनीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग मानव कल्याणको साझा ज्ञान भएको बताएका हुन्।

योगलाई शारीरिक एवम् मानसिक स्वास्थ्यका रुपमा मात्रै जोडेर हेर्ने गरिए पनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको उनको भनाइ छ। उनले भने, ‘योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेरिन्छ। योग धर्मसँग जोडेर हेरिन्छ। योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान हो।’

मन्त्री किराँतीले भारतीय उपमहादीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासँग जोडिएको बताउँदै अहिले विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको बताए। महिर्षि पतञ्जलीले वैज्ञानिक रुपमा सूत्रबद्ध गरे पनि योगसूत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेको स्मरण गर्दै उनले गौतम बुद्धको नाम अग्रपंक्तिमा आउने बताए।

मन्त्री किराँतीले समय प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनः स्थापित भएको दाबी गरे। सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको पनि उनले बताए। साथै उनले महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको जानकारी दिए।

उनले भने, ‘पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ। यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एकआपसमा सम्बन्धित, सम्मान छौँ।’ मन्त्री किराँतीले नेपाल राम बिना र भरत सीता बिना अधुरो रहेको बताए। उनले भने, ‘हामी राम बेगर अपूर्ण छौँ। भारत सीता बेगर अपूर्ण छ।’

प्रकाशित: ५ असार २०८० ९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast