नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भए : नेता सिटौला

हिमाल प्रेस ४ असार २०८० १९:०८ | Monday, June 19, 2023
नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भए : नेता सिटौला

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको बताएका छन्। सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको ७औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेताहरू राष्ट्रहितभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको बताएका हुन्।

उनले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राष्ट्र र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको बताए। पछिल्लो समय नेताहरूमा मात्रै नभएर सरकार, संसद, न्यायालय, राज्यका संवैधानिक निकायहरूमासमेत संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हाबी भएको दाबी सिटौलाले गरे।

व्यक्तिगत स्वार्थ हाबी हुँदा मुलुकमा विभिन्न समस्या उत्पन्न भएको उनको भनाइ थियो। सिटौलाले नेपालको वर्तमान राजनीतिक अवस्थाले निरन्तरता पाए नेपालले सोचेको गन्तव्यमा पुग्न नसकिने पनि बताए।

प्रकाशित: ४ असार २०८० १९:०८ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast