समाजवादी मोर्चा राजनीतिमा नयाँ मोड : चन्द

हिमाल प्रेस ४ असार २०८० १८:३१ | Monday, June 19, 2023
समाजवादी मोर्चा राजनीतिमा नयाँ मोड : चन्द फाइल तस्बिर।

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको दाबी गरेका छन्। काठमाडौँमा सोमबार आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले सरकारमा भएको र संघर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताएका हुन्।

उनले  देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको स्पष्ट पारे। उनले भने,  ‘नेपालको स्वाधीनता र नेपाली जनताको अधिकारका लागि एउटा नयाँ संघर्ष, लडाइँ अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा हामीले एउटा नयाँ अभ्यास अगाडि ल्याएका छौँ, समाजवादी मोर्चा नेपाल।’

यस्तै उनले प्रतिगामी र पश्चगामीहरूलाई मौकाको फाइदा उठाउन नदिन मोर्चा बनेको बताए। उनले भने, ‘नेपाललाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ, कुनै पनि मूल्यमा आजको संकटबाट प्रतिगामी र पश्चगामीहरूलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन। कुनै पनि स्थितिमा हाम्रो देशमाथि आँखा लगाउने साम्राज्यवादीलाई कुनै पनि स्थितिमा स्वीकार गर्न सकिँदैन।’

यस्तो प्रयोग नेपाली राजनीतिको कमै प्रयोग भएको दाबी चन्दले गरे। उनले भने, ‘सरकारमा भएको पार्टी पनि यहाँ हुनुहुन्छ र हामी जनताको बीचमा भएका, संघर्ष गरिरहेका पार्टीहरु पनि यहाँ छौँ। नेपालको इतिहासमा एउटा संयोग बन्न आइपुगेको छ।’

प्रकाशित: ४ असार २०८० १८:३१ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast