काठमाडौँ– सोमबार (आज) प्रतिनिधिसभाको बैठक बस्दैछ। नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्न लागेको हो। बिहान ११ बजेबाट बस्ने बैठमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहने कार्यसूची छ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमाथिको बजेटमा छलफल हुनेछ।
मन्त्रालयगत बजेटमाथि आइतबार (हिजो)को छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथि छलफल भएको थियो।
प्रकाशित: ४ असार २०८० ६:५७ | Monday, June 19, 2023
प्रतिक्रिया





