प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले असारभित्र एकीकृत कारोबार गर्ने

हिमाल प्रेस ३ असार २०८० १३:३२ | Sunday, June 18, 2023
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले असारभित्र एकीकृत कारोबार गर्ने

काठमाडौँ– प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल बिमा प्राधिकरणबाट मर्जरको अन्तिम स्वीकृति पाइसकेका छन्। जेठ २९ गते अन्तिम स्वीकृति पाएसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा असारभित्र एकीकृत कारोबार सुरु गर्नेगरी काम अगाडि बढेको कम्पनीले जनाएको छ।

एकीकृत कारोबारसँगै प्रचलनमा ल्याइने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लोगोसमेत सार्वजनिक गरिएको छ।

प्रभु लाइफको बोनस सेयर जारी भएपछि दुवै कम्पनीको ४ अर्ब २९ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी हुनेछ। बिमा प्राधिकरणले तोकेको ५ अर्बको मापदण्ड पु¥याउन एकीकृत कारोबारपछि ९० करोड बराबरको प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने कम्पनीको तयारी छ।

प्रकाशित: ३ असार २०८० १३:३२ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast