पूर्वी र मध्य क्षेत्रमा हल्का वर्षा हुने, तराईको तापक्रम केही दिन यथावत

हिमाल प्रेस २ असार २०८० ६:३० | Saturday, June 17, 2023
पूर्वी र मध्य क्षेत्रमा हल्का वर्षा हुने, तराईको तापक्रम केही दिन यथावत फाइल तस्बिर।

काठमाडौँ– शनिबार (आज) कोशी प्रदेश, मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशसहित बाँकी पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुने देखिएको महाशाखाले जानकारी दिएको छ।

केही दिनसम्मको मधेश प्रदेशका सबै जिल्ला र तराई क्षेत्रका बाँकी स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सजगता अपनाउन महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।

बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, नवलपरासी जिल्लामा अत्यधिक गर्मी हुनेछ भने कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लाको तापक्रम केही मात्रामा घट्ने महाशाखाको भनाइ छ।

प्रकाशित: २ असार २०८० ६:३० | Saturday, June 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast