सुदूरपश्चिमको बजेट २९ अर्ब २६ करोडभन्दा बढी (पूर्णपाठ)

हिमाल प्रेस १ असार २०८० १८:२३ | Friday, June 16, 2023
सुदूरपश्चिमको बजेट २९ अर्ब २६ करोडभन्दा बढी (पूर्णपाठ)

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँकाे बजेट सार्वजनिक गरेको छ। शुक्रबारको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार विनियोजन गरेको जानकारी दिएका हुन्।

शाहीले चालु खर्चतर्फ कुल विनियोजित बजेटको ९ अर्ब ५९ करोड ६० लाख र पुँजीगत खर्चतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार विनियोजन गरिएको बताए।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट १ अर्ब ५० कराेड, संघीय सरकारबाट ९ अर्ब ४१ करोड १७ लाख, संघीय रोयल्टीबाट ६ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ८ अर्ब ५२ करोड तीन लाख, चालु आर्थिक वर्षको बजेटबाट बचत हुने विनियोजन तीन अर्ब ८६ करोड ६७ लाख २४ हजार, ससर्त अनुदानबाट चार अर्ब ५१ करोड १६ लाख, संघीय समपुरक अनुदानबाट ७७ करोड र विशेष अनुदानबाट ६२ करोड अनुमान गरिएको मन्त्री शाहीले जानकारी दिए।

मन्त्री शाहले स्थानीय तहलाई समानीकरण ८० करोड ६१ लाख ३५ हजार, ससर्ततर्फ ३९ करोड ४३ लाख ५० हजार, संचित कोषमा २९ करोड ७९ लाख ४६ हजार, समपुरक ६३ करोड ८९ लाख ८५ हजार र विशेषतर्फ ४० करोड ८१ लाख रकम विनियोजन गरेको बताए।

बजेट भाषण पश्चात अर्थमन्त्री शाहीले अनुउत्पादक क्षेत्रमा हुने लगानी घटाइएको र यर्थाथपरक बजेट रहेको बताए। उनले भने ‘सडकका आयोजनामा ५० लाखभन्दा तलको नबनाउने र अन्य आयोजनामा २५ लाखभन्दा मुनीको नबनाउने भनेका छौं कार्यविधि बनाएर कार्यान्वयन गरिनेछ।’

बजेटको पूर्णपाठ

प्रकाशित: १ असार २०८० १८:२३ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast