पारदर्शिताको लागि यूएसएआईडी–महालेखापरीक्षक सहयोग परियोजना शुभारम्भ

हिमाल प्रेस १ असार २०८० १५:२८ | Friday, June 16, 2023
पारदर्शिताको लागि यूएसएआईडी–महालेखापरीक्षक सहयोग परियोजना शुभारम्भ

काठमाडौँ– अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले यूएसएआईडी–महालेखापरीक्षक सहयोग परियोजना शुभारम्भ गरेको छ। यूएसएआईडीका काउन्सिलर क्लिन्टन ह्वाइटले शुक्रबार यूएसएआईडी-महालेखापरीक्षक परियोजनाको उद्घाटन गरेका हुन्।

नेपालको महालेखापरीक्षकको कार्यालय र अमेरिकी सरकारको जवाफदेहीसम्बन्धी कार्यालय सेन्टर फर अडिट एक्सलेन्सबीच यो साझेदारी भएको हो। परियोजना नेपालमा जवाफदेही अभिवृद्धि र पारदर्शिता प्रवर्द्धनका लागि लक्षित गरिएको छ।

कार्यक्रममा बोल्दै काउन्सिलर ह्वाइटले महालेखापरीक्षक कार्यालयको क्षमतालाई बलियो बनाउने र सार्वजनिक वित्तीय व्यवस्थापनमा पारदर्शिता तथा जवाफदेही सुनिश्चित गर्न परियोजना सुरु गरिएको बताए। उनले भने, ‘यो साझेदारीले नेपाल सरकारको नीति तथा कार्यविधिको कार्यान्वयनलाई बलियो बनाउने लक्ष्य राखेको छ।’

ह्वाइटका अनुसार अमेरिकी सरकारको सेन्टर फर अडिट एक्सिलेन्सको विज्ञताको उपयोग गरेर र अन्तर्राष्ट्रिय अभ्यासको पालना गरेर सहकार्यले नेपालमा सुशासनलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ।

परियोजनाले महालेखापरीक्षकको कार्यालयलाई लेखापरीक्षणको गुणस्तर सुधार गर्नका लागि तालिम तथा प्राविधिक सहायता प्रदान गर्नेछ। साथै प्रशिक्षण तथा परामर्शमार्फत परिणामको प्रभावकारी सञ्चार र दिगो क्षमता अभिवृद्धि गर्ने लक्ष्यसमेत लिएको छ।

प्रकाशित: १ असार २०८० १५:२८ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast