काठमाडौँ– सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रश्न सोध्न सुरु गरेका छन्।
शुक्रबार सिंहदरबारस्थित सुनुवाइ समितिमा बिहान ८ बजेदेखि बसेको बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधार एवम् उनका व्यक्तिगत काम कारबाहीबारे प्रश्न सोध्न सुरु गरेका हुन्।
अदालतमा बेथिति बढेको, गरिबले सहज रूपमा न्याय पाउने अवस्था नरहेको, कार्कीले फैसला गरेका मुद्दा विवादास्पद रहेको, घुस खाएकोलगायत प्रश्नहरू सांसदले सोधेका छन्।
प्रकाशित: १ असार २०८० ९:३५ | Friday, June 16, 2023
प्रतिक्रिया





