नागरिकताविहीन एक व्यक्तिद्वारा माइतीघरमा आत्मदाहको प्रयास

हिमाल प्रेस ३० जेठ २०८० १७:१६ | Tuesday, June 13, 2023
नागरिकताविहीन एक व्यक्तिद्वारा माइतीघरमा आत्मदाहको प्रयास

काठमाडौँ- काठमाडौँको माइतीघर मण्डला परिसरमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। नागरिकता माग गर्दै आन्दोलनमा उत्रिएका निरज नामका व्यक्तिले आफ्नै ज्यानमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालका ती व्यक्तिको उद्धार गरी ट्रमा सेन्टर पुर्‍याइएको छ।

अहिले प्रहरीले माइतीघर मण्डलमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। मंगलबार बिहानैदेखि माइतीघर मण्डलमा नागरिकताविहीनको प्रदर्शन थियो। नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सर्वोच्चमा मुद्दा परेको छ।

प्रकाशित: ३० जेठ २०८० १७:१६ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast