बेदुराम भुसाल भन्छन् : मलमा पाउने अनुदानमा दुरुपयोग हुनसक्छ किसान सचेत हुनू

हिमाल प्रेस २९ जेठ २०८० २१:०३ | Monday, June 12, 2023
बेदुराम भुसाल भन्छन्  : मलमा पाउने अनुदानमा दुरुपयोग हुनसक्छ किसान सचेत हुनू फाइल तस्बिर।

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले किसानहरूले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गरेका छन्। सोमबार २०औँ राष्ट्रिय धान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानहरूका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताए।

उनले अनुदानको मल गैरकिसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसान पनि सचेत हुनुपर्ने बताए। उनले किसानहरूलाई अनुदानको मलको खोजी गर्न आग्रह पनि गरे। मलको दुरुपयोग रोक्न मातहतका निकायहरूलाई निर्देशन समेत दिए।

 

प्रकाशित: २९ जेठ २०८० २१:०३ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast