एनआईसी एशिया बैंकको ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक

हिमाल प्रेस २९ जेठ २०८० १७:३१ | Monday, June 12, 2023
एनआईसी एशिया बैंकको ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक

काठमाडौँ- एनआईसी एशिया बैंकले ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक गरेको छ। बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधासहित उक्त योजना सार्वजनिक गरेको हो।

डिजिटल भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहकीमाझ पुर्‍याउने उद्देश्यले ल्याइएको उक्त योजना असार मसान्तसम्म रहने बैंकले जानकारी दिएको छ। असार मसान्तसम्म पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरूमात्रै उक्त योजनामा सहभागी हुन पाउने बैंकको भनाइ छ।

ओजनामा सहभागीले आकर्षक लाभका साथै यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट उपलब्ध गराइने बैंकले बताएको छ। त्यस्तै काठमाडौँ सुपरमार्केटको तर्फबाट २ हजार रुपैयाँ बराबरका १० वटा ह्याम्परलगायतका उपहार उक्त योजनामा सहभागीले पाउनेछन्।

प्रकाशित: २९ जेठ २०८० १७:३१ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast