आन्तरिक उत्पादनकर्ताको संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगायौँ : अर्थमन्त्री

हिमाल प्रेस २९ जेठ २०८० १३:४६ | Monday, June 12, 2023
आन्तरिक उत्पादनकर्ताको संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगायौँ : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले विदेशी परनिर्भरता घटाउन उपभोग्य वस्तुमा कर लगाएको बताएका छन्। आज (सोमबार) को संसद् बैठकमा बजेटमाथि उठेका प्रश्नहरूको जबाफ दिँदै उनले आन्तरिक उत्पादनकर्तालाई संरक्षण गर्न कर लगाइएको बताएका हुन्।

‘उपभोग्य वस्तुमा कर लगाउँदा उपभोक्ताहरू मारमा पर्ने हुन् कि भन्ने चिन्ता र चासो स्वाभाविक हो,’ उनले भने, ‘मूलतः आन्तरिक उत्पादनकर्तालाई प्रोटेक्सन (संरक्षण) गर्न कर लगाइएको हो।’

उनले आन्तरिक उद्योग व्यवसाय फस्टाउन, वैदेशिक परनिर्भता कम गर्न र राजस्वको दायरा बढाउने लक्ष्यले उपभोग्य वस्तुमा कर लगाइएको उनको दाबी छ।

‘हामी सामान्य आलु तरकारी पनि किनेर खाने? विदेशबाट आयात गर्ने? आन्तरिक उत्पादनलाई प्रोत्साहन नगर्ने? भनिरहेका छौँ,’ उनले भने, ‘कर पनि एउटा यन्त्र हो परनिर्भरता कम गर्ने। साथै कृषिमा अनुदान दिने विषयमा समेटेका छौँ।’

सरकारले उपभोग्य वस्तुमा कर लगाएपछि विरोध भइरहेको छ।

प्रकाशित: २९ जेठ २०८० १३:४६ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast