आजको मौसम : पूर्वी र मध्यपहाडी क्षेत्रमा हल्का वर्षा, तराईमा अत्यधिक गर्मी

हिमाल प्रेस २९ जेठ २०८० ६:२९ | Monday, June 12, 2023
आजको मौसम : पूर्वी र मध्यपहाडी क्षेत्रमा हल्का वर्षा, तराईमा अत्यधिक गर्मी

काठमाडौँ– सोमबार (आज) कोशी, र बागमती प्रदेशका केही भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने छ।

राति भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: २९ जेठ २०८० ६:२९ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast