काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल अध्यापन पेसामा लागेका छन्। उनले प्रत्येक आइतबार मध्यबानेश्वरस्थित अपेक्स कलेजमा अध्यापन सुरु गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले १९ वर्षपछि अध्यापन पेसामा फर्किएको उल्लेख गरेका छन्। प्रत्येक आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म अपेक्समा अध्यापन गर्ने उनले फेसबुकमा उल्लेख गरेका छन्। ‘१९ वर्षपछि नियमित रूपमा पढाउन थालेँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘अब हरेक आइतबार बिहान ८–१० बजे अपेक्स कलेजमा पढाउनेछु।’
कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा हारेका रिजाललाई कांग्रेस सभापति देउवाले केही साताधि मात्रै केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।





सबै तस्बिर डा. रिजालको फेसबुकबाट
प्रकाशित: २८ जेठ २०८० २१:५२ | Sunday, June 11, 2023
प्रतिक्रिया




