पोखरामा विज्ञानप्रविधि महोत्सव हुने

हिमाल प्रेस २८ जेठ २०८० १७:०५ | Sunday, June 11, 2023
पोखरामा विज्ञानप्रविधि महोत्सव हुने

पोखरा- पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यही जेठ ३१ र ३२ गते प्रदेशस्तरीय विज्ञानप्रविधि महोत्सव हुने भएको छ। विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले हिमालयन साइन्स फाउन्डेसन र विज्ञान शिक्षक समाजको सहआयोजनामा महोत्सव हुन लागेको हो।

फाउन्डेसनका अध्यक्ष आतंक बस्नेतले गण्डकी प्रदेशका विभिन्न विद्यालयबाट आएका विद्यार्थीले मानव जीवनका विभिन्न समस्यालाई वैज्ञानिक प्रविधिद्वारा समाधान गर्न सकिनेसम्बन्धी प्रस्तुति दिने बताए। यसअघि लुम्बिनी प्रदेशमा विज्ञानप्रविधि महोत्सवको गरिएको थियो।

नेपालका वैज्ञानिकहरूलाई संरक्षण गर्न नसक्दा देशले दक्ष वैज्ञानिक गुमाइरहेको उनको भनाइ थियो। विज्ञान विषयलाई पढाउने तौरतरिकामा फेरबदल गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। महोत्सवको मुख्य प्रायोजक वालाविज एजुकेशन सर्भिसेज रहेको छ।

प्रकाशित: २८ जेठ २०८० १७:०५ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast