सांसद बजगाईंले भने : ग्रामीण क्षेत्रको विकासका लागि सांसद विकास कोष प्रयोग गरौँ

हिमाल प्रेस २६ जेठ २०८० १८:४६
6
SHARES
सांसद बजगाईंले भने : ग्रामीण क्षेत्रको विकासका लागि सांसद विकास कोष प्रयोग गरौँ

काठमाडौँ- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सांसद विकास कोषमा सांसदको तजबिज नचल्ने भएकोले यसले नकारात्मक असर नगर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईंले पहिलेको सांसद विकासको र अहिलेको क्षेत्र विकास कोषले ग्रामीण विकासमा सहयोग पुग्ने बताएका हुन्।

‘सांसद विकास कोष रुपान्तरित भएर क्षेत्र विकास कोष बनेको छ। यसमा तजबिजी चल्दैन’ उनले भने। गोरखा-१ बाट निर्वाचित सांसद बजगाईंले क्षेत्र विकास कोषका लागि विनियोजन भएको बजेट सहरी क्षेत्रका सांसदहरूलाई आवश्यक छ भन्ने नलागे ग्रामीण क्षेत्रमा सहयोग गरेर उदार छाति बनाउन पनि आग्रह गरे।

‘सहरीया सांसदहरूलाई यो आवश्यक नहुन सक्छ,’ उनले थपे, ‘इच्छाकामना गाउँपालिकालाई अथवा काठमाडौँका मेयरलाई यो आवश्यक हुन सक्छ। त्यहाँ साथीहरूले ठूलो उदार छाती राखेर सहयोग गरे हुन्छ।’

त्यस्तै बजगाईंले १२ मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउन सभामुखमार्फत प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए।

उनले भने, ‘बूढीगण्डकी परियोजना शिलान्यास होस् भनेर सरकारालाई आग्रह गर्दछु। म प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु।’

 

 

प्रकाशित: २६ जेठ २०८० १८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast