११ अर्ब २१ करोड डलर सञ्चिति, १० महिनाको आयात धान्ने

हिमाल प्रेस २६ जेठ २०८० १५:०५
4
SHARES
११ अर्ब २१ करोड डलर सञ्चिति, १० महिनाको आयात धान्ने

काठमाडौँ- चालु आर्थिक वर्षको वैशाख महिनासम्म ११ अर्ब २१ करोड अमेरिकी डलर सञ्चिति रहेको छ। यो २०७९ असारको तुलनामा १७.६ प्रतिशतले बढी हो। २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिति थियो।

यो सञ्चितिले ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब १० अर्ब ६६ करोड रहेको छ। अन्य बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ५९ अर्ब ६८ करोड छ।

वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ।

प्रकाशित: २६ जेठ २०८० १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =