नेशनल लाईफ इन्स्योरेन्सले नगदसहित ८ प्रतिशत बोनस दिने

हिमाल प्रेस २२ जेठ २०८० १५:५७
6
SHARES
नेशनल लाईफ इन्स्योरेन्सले नगदसहित ८ प्रतिशत बोनस दिने

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ८ प्रतिशत बोनस दिने भएको छ। कम्पनीको सोमबार सम्पन्न ३५औँ वार्षिक साधारणसभाले कम्पनीको चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो।

उक्त बोनस सेयर आर्थिक वर्ष २०७८/७९ मा अद्यावधिक गरिएको चुक्ता पुँजीको आधारमा वितरण गरिने कम्पनीले स्पष्ट पारेको छ। कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनका लागि १ करोड ९५ लाख ३८ हजार ६६१ रुपैयाँ नगदको प्रस्ताव पनि पारित गरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८ सय ७५ रुपैयाँ रहेको छ। बेनस सेयर जारी गरेपछि ५ अर्ब १ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी पुग्ने कम्पनीको भनाइ छ।

नियामक बिमा प्राधिकरणले जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब हुनैपर्ने व्यवस्था गरेको छ। सोमबार कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो। उनले पछिल्लो अर्थतन्त्रको अवस्थाले बिमा क्षेत्रमा चुनौति थपिएको भन्दै नियामक निकायको कदमले बिमाको पहुँच बढेको बताइन्।

साथै कम्पनीका गत आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको सबै वित्तिय सूचक उत्साहप्रद रहेका पनि कम्पनीले उल्लेख गरेको छ। कम्पनीको गत वर्ष कुल बिमा शुल्क १५ प्रतिशतले बढेको छ।

प्रकाशित: २२ जेठ २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =